शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै « Khabarhub

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक छन् । २०५४ सालदेखि शिक्षण पेसामा लागेका घिमिरे हाल व्यावसायिक किसानका रूपमा नगरक्षेत्रमा परिचित छन् ।

२०७५ सालमा दुई बिघाबाट सुरु भएको घिमिरेको केराखेती हाल साढे आठ बिघामा विस्तार भएको छ । यो जमिन उनले भाडामा लिएका हुन् । जमिनको भाडा वार्षिक पाँच लाख रुपैयाँ छ ।

‘केराखेतीबाट वार्षिक १० लाख नाफा हुन्छ’, खेतीबाट भएको आम्दानी खेती विस्तारमा नै लगाएको जानकारी दिँदै किसान घिमिरेले भने । मौसम अनुकूल नहुँदा बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए । केराखेतीबाट वार्षिक ३० लाखसम्मको कारोबार हुने गरेको छ । केराखेतीमा आफूले १० जनालाई रोजगारी दिएको बताए ।

किसान घिमिरेका अनुसार बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजार सिँचाइलगायत विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग प्राप्त छ । उनी अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत हुन् । उनले बीउबिजन उत्पादन पनि गर्दै आएका छन् ।  शिक्षणपछिको उनको समय खेतबारीमा बित्छ ।

पुनर्बास नगरपालिका–६ ङगाउँका विमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे । साना किसान संस्थामार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिनुभएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरेका थिए ।

किसान भण्डारीले भने, ‘केराखेती गरेको सात वर्ष भयो, हाल छ बिघामा खेती विस्तार भएको छ, वार्षिक १० लाखभन्दा बढी आम्दानी हुन्छ ।’ उनले १२ बिघा खेत भाडामा लिएर छ बिघामा केरा र बाँकीमा मकै, तोरी, गहुँ र धानखेती गरेका छन् । उनले दुई जनालाई रोजगारी पनि दिएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार  यहाँ प्रतिहेक्टर २० मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । ‘एक पालिका, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिका  केराखेतीका लागि छनोट भएको छ । त्यसका लागि पालिकाले  ४० लाख विनियोजन गरेको छ । (रासस)

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ४१ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा