प्रभास बने भारतकै महंगो अभिनेता « Khabarhub

प्रभास बने भारतकै महंगो अभिनेता


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्म ‘बाहुबली’ जस्तो ब्लकबस्टर फिल्म दिएका दक्षिण भारतीय अभिनेता प्रभास भारतकै सबैभन्दा ठूलो स्टार बनेका छन् । उनको स्टारडमसँगै उनी महंगो अभिनेता पनि दरिएका छन् । उनको लोकप्रियता भारतमा मात्र नभई विश्वभर नै फैलिएको छ ।

हिन्दी भाषामा उनको जबरदस्त फ्यान फलोइङ छ । उनको हातमा अहिले ठूला बजेटका फिल्म धेरै छन् । जसमा ‘राधे श्याम’, ‘सालार’, ‘आदिपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’ छन् । उनको रिलिज हुन लागेका धेरै फिल्म निर्माता भूषण कुमारले बनाएका हुन् ।

प्रभासले सन्दीप रेड्डी वांगाको फिल्म ‘स्प्रिट’को लागि १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनले फिल्म ‘आदिपुरुष’मा पनि १ सय ५० कराेड नै पारिश्रमिक लिएका थिए ।

अभिनेता सलमान खानले फिल्म ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’का लागि सय करोड बढी पारिश्रमिक लिएका थिए । सलमान पछि पछिल्लो १० वर्षमा सय करोड भन्दा बढी पारिश्रमिक लिने अभिनेतामा अक्षय कुमार पर्दछन् । उनले फिल्म ‘बेल बटम’बाट सय करोड पारिश्रमिक लिएका थिए ।

प्रभासको फिल्म ‘स्प्रिट’को सुटिङ सन् २०२२ को अन्त्यतिर हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ५८ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.