प्रभास बने भारतकै महंगो अभिनेता « Khabarhub

प्रभास बने भारतकै महंगो अभिनेता


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्म ‘बाहुबली’ जस्तो ब्लकबस्टर फिल्म दिएका दक्षिण भारतीय अभिनेता प्रभास भारतकै सबैभन्दा ठूलो स्टार बनेका छन् । उनको स्टारडमसँगै उनी महंगो अभिनेता पनि दरिएका छन् । उनको लोकप्रियता भारतमा मात्र नभई विश्वभर नै फैलिएको छ ।

हिन्दी भाषामा उनको जबरदस्त फ्यान फलोइङ छ । उनको हातमा अहिले ठूला बजेटका फिल्म धेरै छन् । जसमा ‘राधे श्याम’, ‘सालार’, ‘आदिपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’ छन् । उनको रिलिज हुन लागेका धेरै फिल्म निर्माता भूषण कुमारले बनाएका हुन् ।

प्रभासले सन्दीप रेड्डी वांगाको फिल्म ‘स्प्रिट’को लागि १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनले फिल्म ‘आदिपुरुष’मा पनि १ सय ५० कराेड नै पारिश्रमिक लिएका थिए ।

अभिनेता सलमान खानले फिल्म ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’का लागि सय करोड बढी पारिश्रमिक लिएका थिए । सलमान पछि पछिल्लो १० वर्षमा सय करोड भन्दा बढी पारिश्रमिक लिने अभिनेतामा अक्षय कुमार पर्दछन् । उनले फिल्म ‘बेल बटम’बाट सय करोड पारिश्रमिक लिएका थिए ।

प्रभासको फिल्म ‘स्प्रिट’को सुटिङ सन् २०२२ को अन्त्यतिर हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ५८ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।