स्मृति इरानीका कारण कपिल शर्मा शोमा खैलाबैला « Khabarhub

स्मृति इरानीका कारण कपिल शर्मा शोमा खैलाबैला


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– टेलिभिजन अभिनेत्रीबाट राजनेता बनेकी स्मृति इरानी कमेडियन ‘कपिल शर्मा शो’मा अतिथीका रुपमा आउने तयारीमा थिइन् । तर त्यसो हुन सकेन । स्मृति शोको सुटिङ नगरी फर्किएकी छन् । स्मृति कपिलको शोमा आफ्नो किताब ‘लाल सलाम’को प्रमोशनका लागि आउने तयारीमा थिइन् । तर कपिलको सुरक्षागार्डले उनलाई स्टुडियो भित्र जान दिएन । जसकारण उनी स्टुडियोको गेटबाटै फर्किनुपर्यो ।

समाचारअनुसार केन्द्रीय मन्त्रीसमेत रहेकी स्मृति जब सुटिङका लागि स्टुडियोको प्रवेशद्वार पुगिन्, त्यहाँ रहेका सुरक्षा गार्ड अन्नाले उनलाई चिन्न सकेनन् । स्मृतिले आफूलाई कपिलले शोमा सुटिङको लागि बोलाएको र आफू विशेष अतिथी रहेको बताएकी थिइने । ‘हामीलाई कुनै आदेश छैन । सरी मेडम तपाईं भित्र जान सक्नुहुन्न’, स्मृतिको कुरा सुनेपछि गार्डले भनेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार स्मृतिको गाडी चालक र शोका गेटकिपरबीच कुरा बुझ्न समस्या भएको थियो । जसै कपिल र उनको प्रोडक्सन टिमले स्मृति स्टुडियो गेटबाटै फर्किएको थाहा पाए, सेटमा खैलाबैला नै मच्चिएको थियो ।

स्मृतिले हालैमात्र आफ्नो तौललाई कम गरेकी छन् । ‘क्योंकि सास भी कभी बहू थी’ बाट लोकप्रियता हासिल गरेकी स्मृति अहिले निकै स्लिम छिन् । यो शोमा स्मृतिले ‘तुलसी’को भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : २५ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ