जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी « Khabarhub

जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी दीपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।

दीपबहादुर निवर्तमान कार्यवहाक जिल्ला सभापति हुन् । तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए ।

दीपबशादुर शाहीले झण्डै दुई कार्यकाल जिल्ला सभापतिसमेत चलालेका थिए । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका उम्मेदवार थिए ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् ।

प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियो । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले पाँच मतले विजयी हासिल गरेको मुख्य निवार्चन अधिकृत हसिना प्रधानले बताइन् ।

उनले भनिन्, ‘पौडेल प्यानलबाट सभापतिका उम्मेद्वार दीपबहादुर शाही पराजित भए पनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।’

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : १२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा