पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्त लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएक छन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र प्राप्त गरेपछि प्रधानमन्त्री देउवाले मूल्यबृद्धिको बिषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएका थिए ।

मूल्यबृद्धिका बिषयमा विद्ययार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने बताएका थिए ।

सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य संभव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन समेत प्रधानमन्त्री देउवाले विद्यार्थी संगठनका नेताहरुलाई दिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरीका अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायत नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण जनताको दैनिकीमा प्रत्येक्ष असर परेको भन्दै विद्यार्थी संगठनहरुले वृद्धि गरिएको मूल्य फिर्ता लिन भन्दै माग गरिरहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका