घरको मन्दिरमा कस्ता मूर्ति कति राख्ने ? « Khabarhub

घरको मन्दिरमा कस्ता मूर्ति कति राख्ने ?


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मालम्बीहरुको घरमा एक मन्दिर हुनु सामान्य हो । धार्मिक आस्थाका कारण मानिसहरू घरका मन्दिरमा विभिन्न देवी देवताको मूर्ति राख्ने गर्दछन् । तर घरको मन्दिरमा कति मूर्ति राख्नु पर्दछ ? यसबारे धेरैमा अनभिज्ञता हुन सक्छ ।

वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एक भन्दा बढी मूर्ति भने राख्नु नहुने मान्यता छ । यदि कुनै देवताको एक भन्दा बढी मूर्ति वा तस्बिर भए त्यसलाई घरकै अर्को भागमा सम्मानका साथ राख्नु पर्दछ । यस्तै मन्दिरमा भएका मूर्ति राखी शान्त स्वभाव र आशीर्वाद दिएको मुद्राको हुनु पर्ने मान्यता छ । रौद्र रूपधारी मूर्ति घरमा राख्नु हुँदैन ।

यस्तै घरमा कुनै खण्डित, टुटेफुटेको वा पुरानो मूर्ति भए त्यसलाई तलाउ वा नदीमा विसर्जन गर्नुपर्ने मान्यता छ । यसो गर्न असम्भव भए घर कै कुनै सफा स्थानमा सम्मानका साथ भूसमाधि गरी दिनु पर्दछ ।

वास्तु अनुसार घरको मन्दिरमा राखेको कुनै पनि मूर्ति ढाड फर्किएको मुद्राको हुनु हुँदैन । यस्तो मूर्ति राख्नु अशुभ मानिन्छ । यसले भगवान रुष्ट हुने विश्वास गरिन्छ । यसको सट्टा भगवान्को सिधा अनुहार देखिने मूर्ति राख्नु पर्दछ । साथै घरका मन्दिरमा भएका सबै मूर्तिको आकार एकै समान भएका राख्नु पर्दछ । मन्दिरमा असमान आकारका मूर्ति राख्नु अशुभ मानिन्छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : ५९ बजे

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ

नेपालको सय रन पूरा

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौं– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मोरङमा निर्वाचनको लागि सामग्री प्याकिङ गर्न थालियो

काठमाडौं– फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि

इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

दुबई– इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान् शक्तिहरूलाई होइन