कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए « Khabarhub

कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए

अमेरिकामा २४ घण्टामा साढे २ लाख संक्रमित


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ ।

ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ६ हजार ४२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा र रुसमा मात्र दैनिक मृत्यु हुनेको संख्या एक हजारको हाराहारीमा रहेको छ ।

कुन देशमा कति थपिए?

पछिल्लो एक दिनमा मात्र विश्वभर ९ लाख ४७ हजार २१७ जना कोराना संक्रमित थपिएका छन् । अमेरिकामा मात्र २ लाख ५० हजार ५८८ जनामा संक्रमण पुष्टि भएको छ ।

बेलायतमा एक लाख १९ हजार ७८९, फ्रान्समा ९१ हजार ६०८, स्पेनमा ७२ हजार ९१२, इटलीमा ४४ हजार ५९५, जर्मनीमा ३९ हजार १९६, रुसमा २५ हजार ६६७, साउथ अफ्रिकामा २१ हजार १५६ र टर्कीमा १८ हजार ७७१ जनामा संक्रमण पहिचान भएको हो ।

विश्वभर कोरोना संक्रमितको संख्या २७ करोड ८४ लाख ७० हजार ३६८ पुगेको छ भने तीमध्ये २४ करोड ९१ लाख ३५ हजार ६०६ जना निको भएका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ३३ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,