कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस् | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  बिहीवार एभरेष्ट बोर्डिङ्ग विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र  निसान ठाकुर निक्कै उत्साहित भए ।

कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन पो हुने हो कि भन्ने ठूलो चिन्ता थियो । कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप लगाइसकेपछि ठाकुर लकडाउन नहुनेमा विश्वस्त छन् ।

देउराली माध्यामिक विद्यालयकी छात्रा नवीना चौधरीले पनि मोडर्ना खोप लगाइसकेपछि कोरोनाको त्रासबाट निकै राहत मिलेको महसुस गरिन् ।

जोर, बिजोर कक्षा लिनुपर्ने, लकडाउनले पठनपाठन लिन नपाउनेजस्ता समस्याबाट गुज्रिसकेकी चौधरीलाई नयाँ भेरियन्ट ओमिक्रोनले फेरि पुरानो नै समस्या पो झेल्नुपर्ने हो कि भन्नेमा ठूलो चिन्ता थियो । तर, खोप लगाइसकेपछि चौधरीमा आत्मबल बढेको छ ।

ओमिक्रोन भाइरसले  फेरि एकपल्ट विद्यार्थीहरूमा त्रास पैदा गरिरहेको बेला बिद्याहरूलाई लक्षित खोप अभियानले ठाकुर र चौधरीजस्तै महोत्तरीमा धेरैलाइ निकै राहत प्रदान गरेको छ ।

हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा विभिन्न सामुदायिक तथा निजी विद्यालयमा खोप अभियान चलिरहेको छ ।

११ पुससम्म यी पालिकामा खोप अभियान चल्ने र १४ पुसदेखि जिल्लाका अन्य पालिका जलेश्वर, लोहारपट्टी, मनराशिसवा, मटिहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ पुससम्म खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई अहिले कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ०६ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको