न्यायपरिषद्को कमजोरीले जन्म मिति फरक देखियो : न्यायाधीश खड्का « Khabarhub

न्यायपरिषद्को कमजोरीले जन्म मिति फरक देखियो : न्यायाधीश खड्का


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले न्यायपरिषद्को त्रुटिवशले आफ्नो जन्म मिति फरक देखिएको प्रष्टीकरण दिएकी छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै खड्काले आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४/२/२ नै भएको दाबी गरेकी छन् ।

२८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भए पनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरू कागजातमा जम्ममिति २०१४/२/२ नै कायम रहेको उनले बताएकी छन् ।

न्याय परिषद् प्रकाशित गर्ने बुलेटिनमा केही वर्ष त्रुटिवश आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भए पनि त्यसलाई परिषद्ले नै सच्याएको उनको भनाइ छ । उनले आफ्नो जन्ममिति संशय वा भ्रममा नपार्न पर्न अपील गरेकी छन् ।

‘परिषद् आफैंले त्रुटी सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरुमा मेरो वास्तविक जन्ममिति २०१४/२/२ भनी उल्लेख गरिएकाले मेरो जन्ममिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन,’ खड्काले विज्ञप्तिमा भनेकी छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ०४ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी