‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’ « Khabarhub

‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज-  समयमा पहिचान र उपचार सुरु गरिए रक्त क्यान्सरको गुणस्तरीय र सुलभ उपचार नेपालभित्रै सम्भव भएको सो क्षेत्रका विज्ञले दाबी गरेका छन् ।

कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका बिरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा. अजय कुमार झाले समयमा रक्त क्यान्सरको पहिचान र उपचार सुरु गर्नसके नेपालभित्रै यसको सुलभ र गुणस्तरीय उपचार सम्भव भएको दाबी गरेका हुन् ।

‘रक्त क्यान्सरका बिरामीहरू रोग पहिचान गर्नमा ढिलाइ हुने हुँदा उनीहरूको उपचार महंगो हुनुको साथै नतिजा पनि हात नआउने भएकाले समयमै पहिचान र उपचार सुरु गर्नुपर्ने हुन्छ । बेलैमा पहिचान र उपचार भएमा रक्त क्यान्सर निको हुन्छ,’ उनले भने ।

उनले रक्त क्यान्सरका बिरामीहरूको उपचारको लागि विज्ञ चिकित्सक अत्यन्तै न्यून रहेको र उनीहरू पनि काठमाडौँ उपत्याका सीमित रहेकाले उपचारमा बिरामीको पहुँच कठिन रहेकाले यसलाई तोड्नुपर्ने बताए ।

‘स्थानीय, प्रदेश र संघीय सरकार सहकार्यबाट कम खर्चमा रक्त क्यान्सरको उपचार गर्नेगरी रणनीतिक योजना निर्माण गर्न आवश्यक रहेको छ’, उनले भने ।

रक्त कोषिकाको असामान्य विकासलाई रक्त क्यान्सर भन्ने जानकारी दिँदै उनले सामान्यतया रक्त क्यान्सर दुई प्रकारका हुने बताए ।

एएलएल (एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया) यो १६ वर्ष उमेरमुनिका बालबालिकामा धेरै देखिनुको साथै प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७५ प्रतिशत बिरामी क्यान्सर मुक्त हुनसक्ने उनले बताए । उनले उपचार गर्न साधारणतयाः दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्ने डा. झाले बताए ।

यसैगरी एएमएल (एक्युट माइलोइड ल्युकेमिया) विशेषगरी १६ वर्षमाथिका व्यक्तिहरू युवा तथा वृद्धवृद्धामा देखिने र उही उपचार भएमा ५० देखि ६० प्रतिशतसम्म निको हुने डा. झाको भनाइ छ ।

उनले बोनम्यारो प्रत्यारोपण गरेमा यस्ता बिरामी बाँच्ने सम्भावना ६० देखि ६५ प्रतिशतसम्म हुने जानकारी दिँदै यस किसिमको क्यान्सरको उपचार पद्धति जटिल तथा महँगो हुने बताए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : १५ बजे

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सरकार बदलियो, राज्य कहाँ ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह