‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’ « Khabarhub

‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज-  समयमा पहिचान र उपचार सुरु गरिए रक्त क्यान्सरको गुणस्तरीय र सुलभ उपचार नेपालभित्रै सम्भव भएको सो क्षेत्रका विज्ञले दाबी गरेका छन् ।

कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका बिरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा. अजय कुमार झाले समयमा रक्त क्यान्सरको पहिचान र उपचार सुरु गर्नसके नेपालभित्रै यसको सुलभ र गुणस्तरीय उपचार सम्भव भएको दाबी गरेका हुन् ।

‘रक्त क्यान्सरका बिरामीहरू रोग पहिचान गर्नमा ढिलाइ हुने हुँदा उनीहरूको उपचार महंगो हुनुको साथै नतिजा पनि हात नआउने भएकाले समयमै पहिचान र उपचार सुरु गर्नुपर्ने हुन्छ । बेलैमा पहिचान र उपचार भएमा रक्त क्यान्सर निको हुन्छ,’ उनले भने ।

उनले रक्त क्यान्सरका बिरामीहरूको उपचारको लागि विज्ञ चिकित्सक अत्यन्तै न्यून रहेको र उनीहरू पनि काठमाडौँ उपत्याका सीमित रहेकाले उपचारमा बिरामीको पहुँच कठिन रहेकाले यसलाई तोड्नुपर्ने बताए ।

‘स्थानीय, प्रदेश र संघीय सरकार सहकार्यबाट कम खर्चमा रक्त क्यान्सरको उपचार गर्नेगरी रणनीतिक योजना निर्माण गर्न आवश्यक रहेको छ’, उनले भने ।

रक्त कोषिकाको असामान्य विकासलाई रक्त क्यान्सर भन्ने जानकारी दिँदै उनले सामान्यतया रक्त क्यान्सर दुई प्रकारका हुने बताए ।

एएलएल (एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया) यो १६ वर्ष उमेरमुनिका बालबालिकामा धेरै देखिनुको साथै प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७५ प्रतिशत बिरामी क्यान्सर मुक्त हुनसक्ने उनले बताए । उनले उपचार गर्न साधारणतयाः दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्ने डा. झाले बताए ।

यसैगरी एएमएल (एक्युट माइलोइड ल्युकेमिया) विशेषगरी १६ वर्षमाथिका व्यक्तिहरू युवा तथा वृद्धवृद्धामा देखिने र उही उपचार भएमा ५० देखि ६० प्रतिशतसम्म निको हुने डा. झाको भनाइ छ ।

उनले बोनम्यारो प्रत्यारोपण गरेमा यस्ता बिरामी बाँच्ने सम्भावना ६० देखि ६५ प्रतिशतसम्म हुने जानकारी दिँदै यस किसिमको क्यान्सरको उपचार पद्धति जटिल तथा महँगो हुने बताए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : १५ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने