माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा भाग लिने १४८३ प्रतिनिधिको टुंगो लाग्यो (भिडियो) « Khabarhub

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा भाग लिने १४८३ प्रतिनिधिको टुंगो लाग्यो (भिडियो)


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको प्रतिनिधि टुङ्गो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी दिए।

प्रतिनिधि बन्नेको चाप बढेकाले कुल संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय बैठकले गरेको र यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए । उनले १ सय ४८ जना मनोनित प्रतिनिधि हुने बताए।

यसअघि शुक्रबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका थिए। माओवादी स्थायी कमिटी बैठक शनिबार दिउसो पुनः बस्ने प्रवक्ता महराले जानकारी दिए।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : १४ बजे

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी