अछाममा १४ हजार १८ जना बालबालिकाले लगाए मोर्डना खोप « Khabarhub

अछाममा १४ हजार १८ जना बालबालिकाले लगाए मोर्डना खोप


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा १४ हजार १८ बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अछामका अनुसार जिल्लाका १० वटै स्थानीय तहका १४ हजार १८ जनाले खोप लगाएका हुन् । सबैभन्दा धेरै पञ्चदेवल नगरपालिकामा १ हजार ५ सय ७७ जना महिला र १ हजार ४ सय १ जना पुरुष गरी २ हजार ९ सय ७८ जनाले खोप लगाएका छन् ।

रामारोशन गाउँपालिकामा १ हजार ६७ जना महिला र ९ सय ४१ जना पुरुष गरी २ हजार ८ जना, चौरपाटी गाउँपालिकामा ९ सय ३३ जना महिला र ८ सय ७ जना पुरुष गरी १ हजार ६ सय ४० जना, कमलबजार नगरपालिकामा ७ सय ४१ जना महिला र ६ सय ४२ पुरुष गरी १ हजार तीन सय ८३ जना, मेल्लेख गाउँपालिका ६ सय २७ जना महिला र ५ सय ९७ जना पुरुष गरी १२ सय २४ जना र तृर्माखाद गाउँपालिकामा ६ सय ७ जना महिला र ४ सय ६४ जना पुरुष गरी १ हजार ७१ जना बालबालिकालाई खोप लगाइएको छ ।

साँफेबगर नगरपालिकामा ५ सय ४२ जना महिला र ४ सय ९ जना पुरुष गरी ९ सय ५१ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३ सय ९८ जना महिला र ३ सय ३३ जना पुरुष गरी ७ सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

मंगलसैन नगरपालिकामा ३ सय ४२ जना महिला र ४ सय ९ जना पुरुष गरी ९ सय ५१ जना, ढकारी गाउँपालिकामा ४ सय २२ जना महिला र ३ सय ७८ जना पुरुष गरी ८ सय जना बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको छ । खोप अभियान ११ गते सम्म चल्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी शम्भु नारायण पन्तले जानकारी दिए । न्यूजकारखाना

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ३९ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र