मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ, यस्ता छन् सुविधा « Khabarhub

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ, यस्ता छन् सुविधा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेगा बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवा शुरुवात गरेको छ । बैंकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै डिजिटल बैंकिङ सुविधालाई अझ उत्कृष्ट बनाउन यो प्रणाली भित्र्याएको जनाएको छ ।

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबसाइटको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जनाएको छ । ‘डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोवाइल क्यास, रकम जम्मा गर्न मोवाइल भौचर लगायतका सुविधा समेत थप गरेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै समान रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार अब एभौचर प्रयोग गरी मोबाइलबाटै भौचर भर्न सकिनेछ भने एसएमएसमा कोड पठाएर क्यास पनि तत्कालै भुक्तानी दिन तथा लिन सकिनेछ ।

इ–बैंकिङ प्रमुख विश्व सिंहका अनुसार अब मोबाइलबाटै बैंकका कर्मचारीलाई भेट्न समय लिन सकिने तथा क्युआर कोडका माध्यमबाट नगद निकाल्न पनि सकिनेछ ।

‘डिजिटलाइज्ड बैंक’ का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याइसकेको छ ।

पुराना प्रयोगकर्ताहरुले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एपस्टोर वा प्लेस्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : १६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन