शनिदेवको उपासना गर्दा भुलेर पनि गर्न नहुने यी ५ काम « Khabarhub

शनिदेवको उपासना गर्दा भुलेर पनि गर्न नहुने यी ५ काम


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिवार अर्थात शनिदेवको प्रिय दिन । शनिदेवलाई प्रसन्न गर्न शनिवार उपासना गरिन्छ । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्मले मानेको छ ।

तसर्थ शनिको कृपा पाउन शनिवार सरस्युको तेल, कालो तिललगायतका कालो सामग्री चढाएर पुजा गरिन्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा शनिदोष हुने व्यक्तिले शनिवार शनिदेवको पूजागर्नु पर्दछ । साथै केहि बर्जित कार्यहरु गर्नु हुदैन ।

१. शनिवारका दिन शनिको उपासना गर्ने ब्यक्तिले मांसाहार भोजन गर्न बर्जित छ । मासु, माछा जस्ता मांसहारी भोजन गर्दा शनिको नकारात्मक प्रभाव पर्ने मान्यता छ ।

२. शनिको उपासना गर्ने कर्ताले मदिरा, धुम्रपानलगायतका नशालु पर्दाथको सेवन गर्नु हुदैन । शनिक्रुर ग्रह भएकाले यस प्रकारको भोजन गर्दा ब्यक्तिमा नकारात्मक असर पर्दछ ।

३. उपासकले शनिवार मुसुरोको दालको पनि सेवन गर्नु हुदैन । मुसुरो रातो रंगको हुने र रातो रंग मंगल ग्रहको प्रतिक भएकाले शनिसंग टकराव पर्न जाने मान्यता छ ।

४. पुजाकर्ताले शनिवार दूध पनि सेवन गर्नु हुदैन । शनि र शुक्र एक अर्काका विरोधी हुन् । दूधको सेतो रंग हुने र यो शुक्रको प्रतिकहो । जसका कारण शनिवार दूधको सेवनले मानिसमा काम इच्छा जागृत हुन्छ ।

५. शनिवार अचार वा अमिलो चिज पनि खानवर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ४५ बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न