गीता भित्र छ, जीवन जिउने र बुझ्ने सही सार, पढ्नुहोस् केही अंश | Khabarhub Khabarhub

गीता भित्र छ, जीवन जिउने र बुझ्ने सही सार, पढ्नुहोस् केही अंश


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत गीतामा भगवान कृष्णद्वारा रणभूमिमा अर्जुनलाई उपदेश दिइएको छ । महाभारतको युद्धभूमिमा अर्जुन र कृष्णकाबीच भएको संवाद नै श्रीमद्भागवत गीता हो । गीताले मनुष्यलाई सही तरीकाले जीवन जीउन मार्ग देखाउँछ । गीताका उपदेश हरेक मनुष्यलाई धर्मको मार्गमा सत्कर्म गर्ने शिक्षा दिन्छ ।

जब अर्जुन युद्धभूमिमा जान्छन् आफ्नो सामुन्नेमा पितामह र आफन्तलाई देखेर विचलित हुन्छन् । तब भगवान श्रीकृष्ण उनलाई सही ज्ञान दिन्छन् । श्रीकृष्ण अर्जुनलाई उपदेश दिदै भन्छन् हे पार्थ यो युद्ध धर्म र अधर्मको मध्य हो । त्यसैले आफ्नो शस्त्र उठाउ र धर्मको स्थापना गर । भगवान श्रीकृष्ण धर्मको मार्गमा हिड्न शिक्षा दिन्छन् जो मनुष्यको धर्म हो ।

गीतामा भनिएको छ, क्रोधबाट भ्रम उत्पन्न हुन्छ, जसले बुद्धि व्यग्र बनाउँछ र भ्रमित मनुष्य आफ्नो मार्गबाट भट्किन्छन् । तब सारा तर्कको नाश हुन्छ । जसका कारण मनुष्यको पतन हुने गर्दछ । तर्सथ मनुष्यले आफ्नो क्रोधमा नियन्त्रण राख्नु पर्दछ ।

गीतामा भगवान श्रीकृष्ण भन्छन्, मनुष्यलाई उसको कर्म अनुसारको कै फल प्राप्त हुन्छ । तसर्थ मनुष्यले सदैव सत्कर्म गर्नु पर्दछ । गीतामा भनिएका यी प्रत्येक कुरा हरेक व्यक्तिले पालना गर्नु पर्दछ ।

भगवान श्रीकृष्ण भन्छन्, आत्म मन्थन गरेर स्वयम्लाई पहिचान गर्नु आवश्यक छ, तबमात्र आफ्नो क्षमताको आंकलन गर्न सकिन्छ । यसकालागी ज्ञानरूपी तरवारले अज्ञानतालाई काटेर अलग गर्नु पर्दछ । जब व्यक्तिले आफ्नो क्षमताको आंकलन गर्न सकिन्छ ।

भगवान श्रीकृष्ण भन्छन्, मृत्यु एक अटल सत्य हो, तर केवल यो शरीर नश्वर हो । आत्मा अजर अमर छ । आत्मालाई कसैले काट सक्दैन । अग्निले जलाउन सक्दैन । पानीले भिजाउन सक्दैन । जसरी एक वस्त्र बदलिएर अर्को वस्त्र धारण गरीन्छ त्यसरी नै आत्मा एक शरीरलाई त्याग गरी अर्को जीवको शरीरमा प्रवेश गर्दछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ४५ बजे

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले यस वर्ष पनि  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने

काठमाडौं- केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको