हरेक नेपालीको भागमा ४६ हजार ३५४ रुपैयाँ ऋण « Khabarhub

हरेक नेपालीको भागमा ४६ हजार ३५४ रुपैयाँ ऋण

सरकारको ऋण १४ खर्ब पुग्यो


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार गएको मङ्सिर महिनासम्म सरकारको सार्वजनिक ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

यो रकम गएको साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गएको साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।

अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म सरकारको ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसमध्ये ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक र आठ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा आन्तरिकतर्फ १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ । बाह्यतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ सावाँ र दुई अर्ब ६२ करोड रुपैयाँ ब्याज गरेर पाँच महिनामा सरकारले ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ । समग्रमा सरकारले पाँच महिनामा ४४ अर्ब ७९ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तानी गरेको छ ।

सरकारको कुल ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँलाई अहिलेको नेपालको जनसङ्ख्या तीन करोड २२ लाख एक हजार सात सय पाँच जनाले भाग गर्दा हरेक नेपालीको भागमा ४६ हजार तीन सय ५४ रुपैयाँ ऋण पर्न आउँछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ५१ बजे

१४८ विद्यार्थीलाई एकचिहान बनाएको इजरायलले एकदिनमै इरानमा खसाल्यो १२ सय बम

तेहरान- इजराइलको वायु सेनाले अमेरिकासँग संयुक्त आक्रमण अन्तर्गत पछिल्लो २४

‘ह्विमले देश अघि बढ्दैन, नेपालीले आफ्नै इतिहासबाट सिकौँ’

काठमाडौं- जेन–जी युवा मिराज ढुंगानाले सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई भावनामा

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का

इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका