अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ? « Khabarhub

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको इरानी सञ्चार माध्यमले पुष्टि गरेका छन् ।

संयुक्त आक्रमणका क्रममा खामेनेईसहित रक्षामन्त्री अजीज नसिरजादे र खामेनेईका सुरक्षा सल्लाहकार अली शमखानी पनि मारिएको पुष्टि भएको छ ।

त्यसैगरी, इरानको सैन्य दस्ता इस्लामिक रिभल्युसनरी गार्ड कोरका सर्वोच्च कमाण्डर मोहम्मद पाकपोर, इरानी सैन्य बलका प्रमुख अब्दुल रहिम मौसभी पनि मारिएका छन् । यससँगै इरानको भावी सर्वोच्च नेता चयनको प्रक्रियालाई लिएर चासो बढेको छ ।

इरानको शक्ति संरचनामा निर्णायक मानिने ८८ सदस्यीय मजलीस खब्रेगान रयाबरी अर्थात् विज्ञ नेतृत्वको सभाले सर्वोच्च नेताको उत्तराधिकारी तोक्ने अपेक्षा गरिएको छ ।

नयाँ उत्तराधिकारी छनोटको विषयमा यो सभाले औपचारिक निर्णय गर्ने छ । अब इरानमा विकसित हुने दुई सम्भावित परिदृश्यलाई प्रमुखताका साथ हेरिएको छ ।

अल जजीराका अनुसार दिवंगत सर्वोच्च नेता खामेनेईले आफ्नो अवसानअघि नै चार जना उत्तराधिकारीको नाम सिफारिस गरिसकेका छन् ।

सभाका सदस्यले खामेनेईले प्रस्तावि गरेका चार नाममाथि गहन छलफल गरी एक जनालाई नयाँ सर्वोच्च नेताको रूपमा चयन गर्न सक्ने सम्भावना रहेको छ ।

त्यस्तै, अर्को विकल्पको रूपमा अन्तरिम व्यवस्थालाई पनि अघि सारिएको छ । जसअनुसार नयाँ नेताको निर्वाचन नभएसम्मका लागि देशको बागडोर विशेष परिषद्ले सम्हाल्नेछ । यो परिषद्ले संक्रमणकालीन समयमा देशको प्रशासन र महत्त्वपूर्ण निर्णयहरू लिने जिम्मेवारी पाउनेछ ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लरिजानीले सर्वोच्च नेता चयन नभएसम्मका लागि आजैदेखि लागू हुने गरी अन्तरिम नेतृत्व परिषद् गठन गरिने घोषणा गरेका छन् । उनका अनुसार नयाँ नेता चयनको प्रक्रिया जारी रहेकै समयमा देशको प्रशासनिक र सुरक्षा व्यवस्थालाई निरन्तरता दिन यो परिषद्ले काम गर्नेछ ।

आधिकारिक रूपमा नयाँ नेतृत्वको घोषणा नहुँदासम्मका लागि लारिजानीले घोषणा गरेको यो अन्तरिम परिषद् नै इरानको सर्वोच्च निकायका रूपमा रहनेछ ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार यस अन्तरिम परिषदमा तीन जना पदाधिकारीहरू रहनेछन् । यसमा राष्ट्रपति मसुद पेजेस्कियान, इरानी सर्वोच्च अदालतका प्रधानन्यायाधीश घोलम–हुसेन मोहसेनी–इजेई र शोरा ए नघबान अर्थात् संरक्षण परिषदका धार्मिक प्रतिनिधि सदस्य रहने जनाइएको छ ।

यो पनि- शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ०७ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका