ऋणीको सम्पत्ति यसरी हत्याउँछन् गाउँका साहु « Khabarhub

ऋणीको सम्पत्ति यसरी हत्याउँछन् गाउँका साहु


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- गणेशमान चारनाथ नगरपालिका–४, गौरीपुरका देवकिशुन कामती छोरीको बिहे खर्चका लागि पैसा खोज्न थाले । छोरी बिहेको टुङ्गो लागिसकेको थियो । देवकिशुनसँग पैसा थिएन तर जसरी पनि जुटाउनु नै थियो ।

उनी ऋण खोज्दै गणेशमान चारनाथका साहु सतीश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहीदनगर नगरपालिका–२, चोरा कोयलपुरकी समुन्द्री देवीकहाँ पुगे । यी कुनै पनि साहुले सहजै ऋण दिन मानेन् । धितोका जग्गा पास गरिदिएमात्रै ऋण दिने साहुले अडान लिए । देवकिशुनले सात कठ्ठा घडेरी तीनै जना साहुको नाममा पास गरदिएर २१ लाख रुपैयाँ ऋण लिए, २०७३ साल भदौमा ।

उनले तीनै जना साहुसँग सात–सात लाख रुपैयाँको दरले ऋण लिएर श्रीमती विद्या कामतीको नाममा रहेको तेजनगरको कित्ता नम्बर ६ (क) ४६४ को सात कठ्ठा घडेरी पास गरिदिए । छोरीको बिहेमा १८ लाख रुपैयाँ खर्च भयो ।

देवकिशुनले बाँकी पैसाले घर बनाउन सुरु गरे तर त्यति पैसाले पुग्ने कुरा थिएन । उनले फेरि सोही वर्ष असोज ६ गते समुन्द्री र सतीशबाटै साढे सात लाखको दरले थप १५ लाख रुपैयाँ ऋण लिए । उनको घर पूरा भयो ।

घर बनाउन १५ लाख रुपैयाँ ऋण लिँदा तेजनगरका ६ (क) १२ नम्बर कित्ताको का १५ कट्ठा १० धुर र कित्ता नम्बर ८२४ को ३ कठ्ठा १५ धुर खेत साहु समुन्द्री र सतीशको नाममा रजिस्ट्री पास गरिदिए । ऋण लिएको एक वर्ष पछि दश कठ्ठा खेत बेचेर साहुलाई १७ लाख दिए अनि खेत फिर्ता गर्न आग्रह गरे । साहुले पैसा लिएर अनि चार दिनपछि फिर्ता गरिदिने आश्वासन दिए ।

आश्वासन अनुसार साहुले जग्गा फिर्ता गरेनन् । दुवै कित्ताको १९ कठ्ठा ५ धुर जग्गा साहुद्वयले बेचिसकेका रहेछन् । यसरी जग्गा गुमेपछि देवकिशुन न्यायको लागि भौँतारिन थालेका छन् ।

‘मैले ऋण लिएको रकम बुझेर पनि साहुले जग्गा फिर्ता गर्न मानेनन् । फिर्ता गरिदिने भनेर पटक पटक ढाँटे,’ उनले भने, ‘करिब एक महिना अघि जग्गा विक्री गरेको रहेछ ।’ ऋण तिरे पनि जग्गा गुमेपछि देवकिशुन चिन्ताले भोक न पानी भएका छन् ।

पीडित देवकिशुनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर उनी न्याय पाउने अवस्था छैनन् । साहुसँग ३६ प्रतिशत ब्याज दरको तमसुक छ । बनाएका छन् ।

सतीश, नन्दकिशोर र समुन्द्री गाउँघरका चर्का ब्याजी साहु हुन् । उनीहरू धितोका नाममा जग्गा रजिस्ट्री पास गराएर कपाली तमसुक गरेपछि मात्र ऋण दिन्छन् । तिनै जना साहु यसरी चर्को ब्याजमा ऋण दिने बिजनेश पार्टनर हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा अरू उजुरी पनि रहेको स्रोतको भनाइ छ ।

उनीहरूलाई प्रहरी प्रशासनले नै संरक्षणमा राखेको पीडितहरूको आरोप छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : १० बजे

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक