गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेको छ ।

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।

सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्‍याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ ।

खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए । उनले भने, ‘कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ, खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।’

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ । कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ ।

एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।

सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ । निर्देशक शर्माले भने, ‘अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुनुपर्दछ ।’

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १२ : ३० बजे

चिकित्सकको चेतावनी- मानसिक स्वास्थ्य बिगार्न सक्छ, आयुर्वेद भन्छ– मिलाएर खाए ओखती

काठमाडौं- नेपालमा गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाइएको छ । लागु

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

गोलबजार– इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आगामी आइतबारका लागि

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ- कोही सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने

काठमाडौं- प्रहरीले शिवरात्रि मेलाको अवसरमा लागेको भिडमा आपराधिक कार्यमा संलग्न

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेट

काठमाडौँ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च