दाहाल-नेपाल समूहको तेस्रो चरणको आन्दोलन घोषणा (भिडियोसहित) | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको तेस्रो चरणको आन्दोलन घोषणा (भिडियोसहित)

सिठ्ठी जुलुसदेखि बृहत प्रदर्शनसम्मका कार्यक्रम


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माघ १३ देखि २८ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि  दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले दुई चरणको संघर्ष सफलतापूर्वक सञ्‍चालन भइसकेकाले संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राख्ने बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : ५७ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन