‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुरको निधन « Khabarhub

‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुरको निधन


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा शब्द संकलन धनबहादुर गायकको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गायकको पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।

सारंगी संरक्षणका अभियन्तासमेत रहेका गायकलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरी आइसीयूमा राखेर उपचार गरिएको थियो ।

पोखराकै बाटुलेचौर निवासी उनी चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ र ‘बेली र चमेली’ लगायतका गीतका सर्जक हुन् ।

उनकै सक्रियतामा २०६६ सालमा पोखरामा झलकमान गन्धर्व सारंगी पाठशाला स्थापना गरिएको थियो ।

जहाँ बालबालिकालाई निःशुल्करूपमा सारंगी र मादललगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ । यो पाठशालामा हाल उनका छोरा दिलीप गायकले संगीत सिकाइरहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : १७ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले