मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण « Khabarhub

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी – मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ ।

सामाजिक सञ्जालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।”

बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरुमा बिरलै मास्कमा देखिन्छ । उनी महामारीको चरम अवस्थाका दिनहरुमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गरेका छन् ।

उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहेका छन् भने शुक्रबार पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमण गरेका थिए ।

राष्ट्रपति ओब्राडोरलाई सन् २०१३ मा हृदयाघात भएको थियो भने उनलाई हाइपरटेन्सनको समस्या पनि छ । यस्ता रोगहरु भएका व्यक्तिलाई कोभिड–१९ को संक्रमण खतरनाक मानिन्छ ।

मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ । मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ ।

मेक्सिकोमा हालसम्म कोरोना संक्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ०५ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली