कन्नड अभिनेत्री जयश्रीको शंकास्पद निधन « Khabarhub

कन्नड अभिनेत्री जयश्रीको शंकास्पद निधन


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०२० बलिउडका लागि निकै खराब साबित भइसकेको छ । गत वर्ष फिल्म उद्योगका कैयौं चर्चित अनुहारहरुको निधन भयो ।

नयाँ वर्ष शुभारम्भ भएको २५ दिन बित्न नपाउँदै कन्नड फिल्म उद्योगबाट एउटा दुःखद आएको छ ।

कन्नड अभिनेत्री एवं ‘बिग बोस कन्नड’ प्रतियोगी जयश्री रमैयाको शंकास्पद निधन भएको छ । सोमबार उनको शवलाई बेंगलुरुको एक पुनर्वास केन्द्रमा भेटिएको छ । खबर अनुसार उनी लामो समयदेखि डिप्रेसनमा थिइन् ।

उनको निधनले कन्नड उद्योगमा शोकको लहर छाएको छ । उनले गत वर्ष सामाजिक सन्जालमा आफू डिप्रेसनमा रहेको र संसार छोड्न चाहेको लेखेपछि एकाएक चर्चामा आएकी थिइन् ।

‘म अलबिदा भन्दछु । गुड बाइ दुनियाँ र डिप्रेसन’ उनले लेखेकी थिइन् । उनको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । यद्यपि उनले केही समयपछि अर्को पोस्ट लेख्दै आफू पूर्ण रुपमा ठिक र सुरक्षित रहेको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : ५० बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका