फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ? « Khabarhub

फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ?


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर तपाईले कहिल्यै सोच्नु भएको छ, फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ।

आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त ?

अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलिफोनमा हेल्लो शब्द प्रयोग गरिँदैन थियो ।

टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ (Ahoy) शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।

यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्काे कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नामसमेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र