ग्रामीण क्षेत्रमा सडक कालोपत्रे « Khabarhub

ग्रामीण क्षेत्रमा सडक कालोपत्रे


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् ।

विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन ।

बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकामबाहिर पहिलोपटक सडक कालोपत्रे भएको छ ।

रत्नेचौरमा सडक डिभिजन कार्यालय बागलुङले एक हजार ३०० मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले रु एक करोड ७३ लाखमा ठेक्का लिएको थियो ।

दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुण्डे खण्डमा सडक विस्तार, पर्खाल र नाली बनाउन रु एक करोड ६९ लाखमा अर्को ठेक्का लगाइएको छ । रत्नेचौर बेनी नगरपालिकाले परिकल्पना गरेको चक्रपथको प्रवेश विन्दु हो । यो सडक बेनीको वडा नं २ भकुण्डे र वडा नं ३ भकिम्लीका बासिन्दाले प्रयोग गर्छन् ।

यसैगरी मङ्गला गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा बाबियाचौर बजारमा सडक कालोपत्रे गरेको छ । गाउँपालिकाका इञ्जिनीयर सुजन पौडेलले रु एक करोड १३ लाखको लागतमा ६२० मिटर सडक कालोपत्रे गरिएको बताए ।

‘तीनदेखि चार मिटर चौडाइमा आक्सपाल्ट प्रविधिको कालोपत्रे बिछ्याइएको छ’, उनले भने, ‘गत वर्ष ठेक्का लगाए पनि लकडाउनले कार्यान्वयन हुन सकेको थिएन ।’ सोमरस निर्माण सेवाले ठेक्का लिएको थियो ।

दुई सयभन्दा बढी घरधुरी भएको बाबियाचौरमा यसअघि करिब रु ६० लाखको लागतमा ७२० मिटर पक्की नाली निर्माण भएको थियो ।

‘घरघरमा निजी धाराबाट खानेपानी वितरण गरिएको छ’, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले भने, ‘यस वर्ष बाँकी ठाउँमा नाली र सडक कालोपत्रे गर्न रु ५० लाख विनियोजन भएको छ ।’

सडक कालोपत्रे भएपछि सहज र सर्वसुलभरूपमा छिटो छरितो यात्रा गर्न पाउने बाबियाचौरका बलबहादुर कार्कीले बताए । बाबियाचौरका हर्क छन्त्यालले साँघुरा सडकमा हिउँदमा धुलो र बर्खामा हिलाम्मे भएर जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरेको बताए ।

पैँतालीस वडा रहेको म्याग्दीको गुर्जाबाहेक ४४ वडामा करिब ५०० किलोमिटर सडक निर्माण भएको छ । कच्ची सडकको स्तरोन्नति, नाली निर्माण र कालोपत्रेमा तीनै तहका सरकारले प्राथमिकता दिएका छन् ।

सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रे गर्न लागेका छन् ।

बेनी नगरपालिकाले बेनी–अर्थुङ्गे–घतान–पात्लेखेत सडक कालोपत्रे गर्न लागेको छ । म्याग्दीका विभिन्न खोलामा १० मोटरेबल पुल निर्माणाधीन छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : २० बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई