दम्पतीबीचको खटपट र झगडा अन्त्य गर्न राधाकृष्णको तस्वीर « Khabarhub

दम्पतीबीचको खटपट र झगडा अन्त्य गर्न राधाकृष्णको तस्वीर


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा उल्लेख उपायको पालना गरेमा घर र जीवनमा रहेको नकारात्मक उर्जाको असर नष्ट भई सकारात्मक उर्जा पाउन सकिन्छ । वास्तुमा आर्थिक समस्यादेखि रोजगारीमा आउने समस्यासम्म समाधानकालागी उपाय सुझाइएको हुन्छ । यस्तै वैवाहिक जीवनमा आउने समस्या नष्ट गरी पति पत्नीबीच सम्बन्ध सुधार गर्न वास्तुमा केहि उपाय सुझाईएको छ ।

१. राधाकृष्णको तस्वीर
पूजा कोठाका अलावा घरका अन्य भित्तामा समेत देवीदेवताका तस्वीर राख्ने गरीन्छ । तर देवीदेवताको तस्वीर कुन दिशामा राख्ने यसको जानकारी भएमा शुभफल प्राप्त गर्न सकिन्छ । यस्तोमा वैवाहिक जीवनमा आएको समस्या कम गर्न वा पतिपत्नीबीच लामो समयदेखि हुदै आएको विवाद नहोस् भन्न राधाकृष्णको तस्वीर बेडरुममा राखेमा दाम्पत्य जीवन सुखमय बन्ने छ । तर अन्य देवीदेवताको तस्वीर भने राख्नु राम्रो मानिदैन ।

२. यस्तो तस्वीर होस्
पतिपत्नीको बेडरुममा राखिने राधाकृष्णको तस्वीर दुबैले एकअर्कालाई प्रेमभावले हेरेको हुनु पर्दछ । साथै तस्वीर राख्दा स्मरण रहोस्, उक्त तस्वीरमा केवल राधाकृष्ण मात्र हुन् गोपिनीहरु नहुन् । यस्तो तस्वीर राखेमा दम्पतीबीचको खटपट अन्त्य हुने वास्तुको विस्वाश छ ।

३. यसरी राख्नुहोस्
पतिपत्नीको बेडरुममा राख्ने राधाकृष्णको प्रेम भावना भएको तस्वीर बेडरूम त्यस भित्तामा राख्नुहोस् । जहाँ कोठा छिर्दा वा बाहिर निस्कदा सहजै आखाँ परोस् । साथै बिहान उठ्नासाथ यहि तस्वीरमा नजर परोस् ।

४. यो पनि गर्नुहोस्
यदि कारणवश पतिपत्नी बीच दुरी बनेको छ भने बेडरूमको सिरानी तर्फको भित्तामा रातो फ्रेमको फोटोफ्रेममा राधाकृष्णको सुन्दर तस्वीर राख्नुहोस् । यसले दम्पतीबीचको खराब समय नष्ट गर्न मद्दत गर्दछ । साथै राधाकृष्णको तस्वीर राखेको सामुन्नेको भित्तामा पतिपत्नीको तस्वीर राखेमा आपसी विश्वास र प्रेम बढ्ने वास्तुशास्त्रको मान्यता छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : ३५ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका