महिला लघुवित्तको आइपीओ भोलिदेखि बाँडफाँड हुने, १५ लाख बढीले नपाउने « Khabarhub

महिला लघुवित्तको आइपीओ भोलिदेखि बाँडफाँड हुने, १५ लाख बढीले नपाउने


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ भोलि बिहान बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओ भोलि बिहान ८ बजे बाँडफाँड गरिने छ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ। १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ। १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन्।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीयोमा फागुन ५ गतेसम्म आवेदन खुला गरिएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १२ : ०२ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा