महिला लघुवित्तको आइपीओ भोलिदेखि बाँडफाँड हुने, १५ लाख बढीले नपाउने « Khabarhub

महिला लघुवित्तको आइपीओ भोलिदेखि बाँडफाँड हुने, १५ लाख बढीले नपाउने


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ भोलि बिहान बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओ भोलि बिहान ८ बजे बाँडफाँड गरिने छ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ। १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ। १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन्।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीयोमा फागुन ५ गतेसम्म आवेदन खुला गरिएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १२ : ०२ बजे

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं– नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन