कोरोना खोप खोज्दै सोनम कपूर « Khabarhub

कोरोना खोप खोज्दै सोनम कपूर


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय सरकारले बुधबारबाट कोरोना भाइरस भ्याक्सिनेसनको दोस्रो चरण सुरु हुने घोषणा गरिसकेको छ । यो चरणमा ६० वर्ष उमेरमाथिका नागरिकलाई खोप लगाइनेछ । यी व्यक्तिबाहके ४५ वर्ष उमेरदेखि माथिका र कुनै गम्भीर बिरामीबाट पीडितलाई पनि लगाउने नीति सरकारले लिएको छ ।

बलिउड अभिनेत्री सोनम कपूरले आफ्नो हजुरबा–हजुरआमा तथा आमाबुवाका लागि कोरोना खोपको खोजी सुरु गरेकी छन् । तर खोप कहाँ पाइन्छ भन्ने सही जानकारी उनले पाइसकेकी छैनन् ।

दैनिक जागरणका अनुसार सामाजिक सञ्जालमार्फत सोनमले कोरोना खोपको बारेमा जानकारी दिन आग्रह गरेकी छन् । ‘मैले कोरोना खोपका बारेमा अलग–अलग जानकारी पाइरहेको छु । त्यहीकारण म अलमलमा परेको छु’, उनले लेखेकी छन् ।

‘के कसैले मलाई हाम्रो हजुरबुवा तथा हजुरआमा र मातापितालाई भारतमा कसरी भ्याक्सिन लगाउन र कहिले उपलब्ध हुन्छ भनेर जानकारी दिन सक्नुहुन्छ ? म ठूलो समस्यामा छु । सबैबाट अलग–अलग जानकारी पाइरहेकी छु ।’ उनले लेखेकी छन् । सामाजिक सञ्जालमा सोनमको यो पोस्ट निकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १ : १५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक