एलओसी क्षेत्रमा भइरहेको गोलाबारी रोक्न भारत र पाकिस्तानको सेनाबीच सहमति « Khabarhub

एलओसी क्षेत्रमा भइरहेको गोलाबारी रोक्न भारत र पाकिस्तानको सेनाबीच सहमति


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत र पाकिस्तानको सेनाबीच नियन्त्रण रेखा (एलओसी) तथा अन्य क्षेत्रमा भइरहेको गोलाबारी रोक्ने सम्बन्धमा सहमति भएको छ ।

बिहीबार मध्यरातिदेखि नियन्त्रण रेखा क्षेत्रमा हुँदै आएको गोलाबारी रोक्न दुवै देशबीच सहमति जुटेको हो ।

दुवैतर्फबाट नियन्त्रण रेखामा लगातार संघर्ष बिरामको उल्लंघन भइरहेको अवस्थामा दुवै देशका सेनाका शीर्ष अधिकारबीच वार्ता भएपछि सहमति जुटेको बीबीसी हिन्दीले जनाएको छ ।

संघर्ष बिराम उल्लंघन हुँदा दुवैतर्फको नियन्त्रण रेखा आसपासका गाउँ नराम्ररी प्रभावित हुँदै आएको छ ।

हटलाइनको माध्यमबाट भारत र पाकिस्तानका सेनाबीच वार्ता भएको बताइएको छ ।

यद्यपि, भारतीय सेनाले नियन्त्रण रेखा तथा जम्मू–कश्मीरको आन्तरिक क्षेत्रमा कुनै पनि किसिमको चरमपन्थी विरोधी कारवाही र पाकिस्तानी सेना समर्थित चरमपन्थी घुसपैठको प्रयास भने स्वीकार्य नभएको र त्यस्ता गतिविधि विरुद्धको कारवाहीका लागि कत्ति पनि ढिलाइ नगर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : १५ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी