फेसबुक र इन्स्टाग्रामले म्यान्मारको सेनामाथि लगायो प्रतिबन्ध « Khabarhub

फेसबुक र इन्स्टाग्रामले म्यान्मारको सेनामाथि लगायो प्रतिबन्ध


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।

गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबुकले आफ्नो निर्देशिकाको उल्लंघन गरेको भन्दै सेनाको मुख्य पेजमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

म्यान्मारको सेनाले सन् २०२० को चुनावमा धँधली भएको भन्दै फेसबुकमार्फत प्रचार प्रसार गर्दै आएको थियो ।

फेसबुकले बुधबार राति एक वक्तव्य जारी गर्दै सैन्य ‘कू’ पछि भएको हिंसाका घटनालाई मध्यनजर गर्दै यो प्रतिबन्ध आवश्यक रहेको महसुस गरेको जनाएको छ ।

सैन्य कूको विरोधमा म्यान्मारमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।

फेसबुकले यो प्रतिबन्ध अनिश्चितकालका लागि भएको उल्लेख गर्दै तत्कालको प्रभावका कारण लागू गरिएको जनाएको छ ।

अनलाइनमार्फत व्यक्त गरिने असन्तोषलाई दबाउनका लागि म्यान्मारको सेनाले बेला–बेला इन्टरनेट बन्द गर्ने तथा फेसबुक चलाउन प्रतिबन्ध लगाउने कार्य गर्दै आएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : १६ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि