नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, मृतक ८३ थपिए « Khabarhub

नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, मृतक ८३ थपिए


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । यसैगरी विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप ८२ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित हिजोको तथ्यांकमा थप ८३ मृतकको संख्या थपिएको छ । मन्त्रालयका अनुसार योसहित हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख २ हजार ७६७ पुगेको हो ।

थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ६० जना पुरुष गरी कुल ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : ३७ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि