ग्यारी फिलिप्स महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त « Khabarhub

ग्यारी फिलिप्स महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गरेको हो । महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।

गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि महिला टोली प्रशिक्षक विहीन छ । सागको फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए ।

पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । अष्ट्रेलियन ग्यारीलाई एन्फाले ७६ साल कार्तिक १४ बाट प्राविधिक निर्देशनमा नियुक्त गरेको थियो ।

कोरोना महामारीका बीच घर फर्किएका उनी नयाँ सम्झौता लगत्तै गत महिना नेपाल आएका हुन् । उनले सन् २००१ मा टोंगा राष्ट्रिय टिमको प्रशिक्षक साथै २०१४ देखि ०१५ सम्म पपुवा न्युगिनीको महिला टिमको प्रशिक्षक भएर काम गरिसकेका छन्। त्यसबाहेक विभिन्न क्लबमा समेत उनले प्रशिक्षण दिई सकेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : १७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले