३१ सहसचिवको सरुवा (सूचीसहित) « Khabarhub

३१ सहसचिवको सरुवा (सूचीसहित)


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ३१ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो।

सरकारको निर्णय अनुसार गृहमन्त्रालयमा शिव कुमार कार्कीलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाललाई पनि गृह मन्त्रालयमा सरुवा गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोग, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

रक्षा मन्त्रालयका सहसचिव राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा सरुवा गरिएको छ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तो छ सूची

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ६ : १५ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १