अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत « Khabarhub

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आपसी विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोजिएकाले अहिले तत्काल सरकारको नेतृत्व कांग्रेसले गर्न नहुने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम एवं शिव पौडेलको हत्यारालाई आममाफी दिइएको विरोधमा आयोजित सभामा पूर्व सञ्चारमन्त्री बस्नेतले भने, “अहिले कांग्रेसले जनताको प्रतिनिधित्व गर्नुपर्छ । सरकारको नेतृत्व लिनु हुँदैन ।”

जनताले सरकार चलाउने जिम्मा कम्युनिष्टलाई दिएको बताउँदै उनले कांग्रेसले जनताको निर्णय कुर्नुपर्ने बताए ।

अबको कांग्रेस सच्चिन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले रुखमा भोट मात्रै हाल्ने बानी बसाल्ने हो भने पनि सकारात्मक सोचका साथ जित हुने उनले बताए ।

जनताले दुई तिहाइ नजिकको मत दिएर पठाएको पार्टीले देशमा शासन गर्न नसकेर जनताको मतको अनादार गरेको उनको आरोप थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ३८ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १