१२ किलो गाँजासहित एक युवक पक्राउ « Khabarhub

१२ किलो गाँजासहित एक युवक पक्राउ


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवकलाई प्रहरीले आज लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

आज रनैबेनीस्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउने राईले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ४५ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा