सुनको जलहरी विवादबारे के भन्छ पशुपति क्षेत्र विकास कोष ? « Khabarhub

सुनको जलहरी विवादबारे के भन्छ पशुपति क्षेत्र विकास कोष ?


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथको शिवलिंगमा १ अर्ब रकम खर्चिएर  १ सय ८ किलो सुनको जलहरी राख्ने विषय निकै चर्चामा रह्यो ।

कतिले जलहरी राख्ने विषय प्राचीन स्मारक ऐन बमोजिम रहेको भन्दै आलोचना गरे । कतिले जस्ताको त्यस्तै राख्नुपर्ने तर्क दिए त कतिले १ अर्ब रकम कुनै ठाउँमा लगानी गर्दा राम्रो भने ।

यस विषयमा के भन्छ कोष ?

पशुपति क्षेत्र विकास कोषका सदस्य सचीव डा. प्रदीप ढकालले आफूहरले जलहरी राख्ने काम गरिसकेको बताए ।

उनले भने, ‘गत माघ १२ गते प्रधानमन्त्री पशुपतिनाथ आउँदा जलहरीको कुरा उठेको थियो फागुन १२ मा हामीले जलहरी राख्ने काम सम्पन्न गर्यौं ।’

उनकाअनुसार शिवलिंगमा लगाइने जलहरी १ सय ८ किलोको रहेको छ । सोमबारसम्म त्यहाँ ९६ किलो सुनको जलहरी लगाउने काम सम्पन्न भइसकेको छ । बाँकी १२ किलो सुन जलहरीको बीचतिरको नागको आकृति भएको क्षेत्रमा राख्न बाँकी छ ।

त्यस्तै उनले मापदण्डभित्र रहेर काम गरेको बताउँदै चाँदीलाई सुनले प्रतिस्थापित गर्न मात्र लागेका र अन्यथा केही नरहेको जनाए ।

‘चाँदीको माथि सुनको जलहरी लगाउँदा जनमास सबै खुसी नै छन् भगवानको आस्थाको केन्द्र पशुपतिनाथ जस्तो मन्दिरमा यसरी हाम्रो कार्यकालमा सुनको जलहरी लगाउन पाउँदा हामी पनि खुसी छौं’ उनले भने ।

सुनलाई झन पवित्र धातुका रुपमा पनि लिइन्छ प्राय धेरै धार्मिक स्थलमा सुनकै छानो, कलश राख्ने गरिएको उनले बताए ।

यद्यपि पशुपतिमा सुनको जलहरी राख्ने निर्णय विरुद्ध प्रदेशसभा सदस्य नैरत्न वैद्य र अधिवक्ता नीकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट नै  दर्ता गरे ।

उक्त मुद्दामा सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएको छ।

सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्रको सुनको जलहरी लगाउने कार्य यथास्थितिमा राख्न आदेश दिएको हो ।

तर सोही दिन कोषले जलहरी राख्ने काम सम्पन्न गरेको सदस्यसचीव ढकालले बताए । सर्वोच्चले आगामी सोमवार यही विषयमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

‘हामीले गत सोमबार नै जलहरी राखिसक्यौं, यदी अदालतको निर्णयले राखेको जलहरी निकाल्न आदेश दिन्छ भने पनि हामी झिक्न तयार छौं’ ढकाल भन्छन्, ‘कानूनलाई राज्यले पनि पालना गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : ३१ बजे

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज