चीनले आर्थिक नोक्सान पुर्‍याउने गतिविधि गरिरहेको चेकका मेयरको आरोप | Khabarhub Khabarhub

चीनले आर्थिक नोक्सान पुर्‍याउने गतिविधि गरिरहेको चेकका मेयरको आरोप


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राग– यूरोपेली मुलुक चेक गणतन्त्रमा चीनले आर्थिक नोक्सान पुर्‍याउन खोजेको राजधानी प्रागका मेयरले आरोप लगाएका छन् ।

आफूले ताइवान र तिब्बतका लागि ऐकेबद्धता देखाएका कारण चीनले चेक गणतन्त्रमा आर्थिक नोक्सान पुर्‍याउन लागिपरेको राजधानी प्रागका मेयर सेनेक रिबले टिप्पणी गरेका हुन् ।

गतवर्ष ताइवानको भ्रमण गरेको र तिब्बतका नेता लोब्साङ साङगेलाई चेज भ्रमणमा निमन्त्रणा दिएपछि चीन आफु विरुद्ध लागेको मेयर रिबले बताए। चीनले आर्थिक लगानीको सहमति अनुसार काम नगरेको भन्दै अविश्सनिय व्यापार साझेदार भएको पनि मेयर रिबले टिप्पणी गरे ।

गतवर्ष प्रागका मेयरले ठूलो प्रतिनीधिमण्डल सहित ताइवानको भ्रमण गरेपछि चेक गणतन्त्रमा उत्पादीत पियानोहरु किन्ने सहमति पनि चीनले खारेज गरेको थियो । चेक गणतन्त्रले ताइवान र तिब्बतसँग कुटनीतिक सम्बन्ध बिस्तार गरेका कारण चीन क्रुद्ध बनेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ५२ बजे

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो