म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा « Khabarhub

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन (सिन्ह्वा)- म्यान्मारमा सेनाको ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन् ।

इन्सेन जेलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार ६२८ प्रदर्शनकारी बुधबार रिहा भएका हुन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’  कारागारका एक वरिष्ठ अधिकारीले भने । सूचना दिने ती व्यक्तिको नाम गोप्य राखिएको छ ।

म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।

यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ ।  सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : २० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर