भारतीय प्रधानमन्त्री मोदीले गरे विन्टर गेम्सको उद्घाटन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे विन्टर गेम्सको उद्घाटन


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘खेलो ईन्डीया विन्टर गेम्स’ को दोस्रो संस्करणको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा भिडियो मार्फत खेलको उद्घाटन गरेसँगै जम्मूकाश्मीरस्थित गुलमार्गमा प्रतियोगिता शुरू भएको छ ।

सो अवसरमा मोदीले जम्मू काश्मीर शीत खेलका लागि केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरे ।  विन्टर गेम्स ले जम्मू काश्मीर शान्ति र विकासका लागि तयार रहेको संकेत देखाएको प्रधानमन्त्री मोदीको भनाइ छ ।

उद्घाटन समारोहमा भारतका २७ वटा राज्य र केन्द्र शासित क्षेत्रका खेलाडीहरुले मार्च पास गरेका थिए ।

यो खेलले अन्तर्राष्ट्रिय विन्टर गेम्समा भारतको उपस्थिति दर्शाउनका साथै श्रेष्ठ भारत अभियानलाई मजबुत बनाउने प्रधानमन्त्री मोदीको विश्वास छ ।

खेलो इन्डिया अभियान अन्तर्गत श्रीनगर र जम्मूमा उत्कृष्ट केन्द्रहरु र जम्मू काश्मीरको सबै २० जिल्लामा यसको केन्द्रहरु स्थापना गर्ने प्रधानमन्त्री मोदीले बताए ।

स्रोत: ईन्डीया ब्लुम्स 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ३५ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १