भारतमा ४० वर्ष जेल बसेका तिम्सिनाले ६० वर्षमा पाए नागरिकता « Khabarhub

भारतमा ४० वर्ष जेल बसेका तिम्सिनाले ६० वर्षमा पाए नागरिकता


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– भारतमा ४० वर्ष जेल जीवन बिताएर घर फर्किएर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

इलामको माई नगरपालिका – १० लुम्बाकका तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।

तिम्सिना आफ्ना भतिजा गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायतसहित कार्यालयमा उपस्थित भएका हुन् । नागरिकताको लागि कार्यालयमा पुगेका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुएँलले ०३-०१-७७ -०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरेका हुन् ।

उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले टीका लगाउँदै खादा ओडाएर सम्मान गरे । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफू खुशी भएको उनले प्रतिक्रिया दिए ।

नागरिता प्रदान गर्दै अधिकृत फूएँलले नेपाली नागरिक जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तको प्रक्रिया चालेपछि कार्यलयले नागरिकता प्रमाण पत्र प्रदान गर्ने बताए । कार्यलयमा तिम्सिना आईपुगेको करिब २० मिनेट भित्रै नागरिकता प्रमाण पत्र प्रदान गरिएको थियो ।

उनलाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत्र ४ गते बुधवार रिहाको आदेश दिएको थियो । आदेश अनुसार दुर्गाप्रसाद शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका हुन् । व्यक्ति हत्या अभियोगमा सुनुवाइ विनै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार आफ्नो घर आइपुगेका थिए ।

२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता भएका तिम्सिना कहाँ छ भन्ने कसैलाई थाहा पत्तो थिएन । यही कारण २०१७ साल साउनमा जन्मिएका उनले हालसम्मको समय जेलमै बसेर बिताएकाले अहिलेसम्म उनको नागरिकता नै बनेको थिएन ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १ : १० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी