भारतमा ४० वर्ष जेल बसेका तिम्सिनाले ६० वर्षमा पाए नागरिकता | Khabarhub Khabarhub

भारतमा ४० वर्ष जेल बसेका तिम्सिनाले ६० वर्षमा पाए नागरिकता


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– भारतमा ४० वर्ष जेल जीवन बिताएर घर फर्किएर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

इलामको माई नगरपालिका – १० लुम्बाकका तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।

तिम्सिना आफ्ना भतिजा गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायतसहित कार्यालयमा उपस्थित भएका हुन् । नागरिकताको लागि कार्यालयमा पुगेका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुएँलले ०३-०१-७७ -०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरेका हुन् ।

उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले टीका लगाउँदै खादा ओडाएर सम्मान गरे । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफू खुशी भएको उनले प्रतिक्रिया दिए ।

नागरिता प्रदान गर्दै अधिकृत फूएँलले नेपाली नागरिक जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तको प्रक्रिया चालेपछि कार्यलयले नागरिकता प्रमाण पत्र प्रदान गर्ने बताए । कार्यलयमा तिम्सिना आईपुगेको करिब २० मिनेट भित्रै नागरिकता प्रमाण पत्र प्रदान गरिएको थियो ।

उनलाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत्र ४ गते बुधवार रिहाको आदेश दिएको थियो । आदेश अनुसार दुर्गाप्रसाद शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका हुन् । व्यक्ति हत्या अभियोगमा सुनुवाइ विनै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार आफ्नो घर आइपुगेका थिए ।

२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता भएका तिम्सिना कहाँ छ भन्ने कसैलाई थाहा पत्तो थिएन । यही कारण २०१७ साल साउनमा जन्मिएका उनले हालसम्मको समय जेलमै बसेर बिताएकाले अहिलेसम्म उनको नागरिकता नै बनेको थिएन ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १ : १० बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा