पशुपन्छीजन्‍य उत्पादनमा नेपाल आत्‍मनिर्भर भएको घोषणा « Khabarhub

पशुपन्छीजन्‍य उत्पादनमा नेपाल आत्‍मनिर्भर भएको घोषणा


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक भएको घोषणा गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌ ।

धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ ।

नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिकटन उत्पादन हुने गरेको र सबै खपत हुने गरेको पनि मन्त्रालयले जनाएको छ।

हाल नेपालमा वार्षिक ४ लाख ५० हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ । कुखुरा, खसी, बंगुर र राँगाको मासु बढी खपत हुन्छ । यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको विभागीय मन्त्रालयको दाबी छ ।

वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेको छ । यस्तै, दैनिक १० लाख किलो कुखुराको मासु खपत हुन्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  २ : ०१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो