नेकपा एमाले विवाद : नेपाल– खनाल समूहले पनि बोलायो केन्द्रीय कमिटी बैठक « Khabarhub

नेकपा एमाले विवाद : नेपाल– खनाल समूहले पनि बोलायो केन्द्रीय कमिटी बैठक


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठक भोलि (शुक्रबार) बिहान ११ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहभागी हुन काठमाडौंमा उपलब्ध सदस्यलाई बोलाएको नेता युवराज ज्ञवालीले जानकारी दिए ।

भोलिको बैठकले पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने पनि ज्ञवालीले बताए ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थिएनन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल-खनाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १ : ३१ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ