एक्साइड ब्याट मोबाइल सर्भिसको लाभ उठाउँदै ग्राहक « Khabarhub

एक्साइड ब्याट मोबाइल सर्भिसको लाभ उठाउँदै ग्राहक


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा सन् २००० देखि सिप्रदी ट्रेडिङ्ग प्रालिले बिक्रीवितरण हुँदै आइरहेको एक्साइड ब्याट्री अहिले नेपालको सर्वाधिक लोकप्रिय ब्याट्री बन्न सफल भएको छ।

त्यसैले आफ्नो लोकप्रियतालाई निरन्तरता र ग्राहकहरुलाई सहजता दिने उदेश्यका साथ एक्साइड ब्याट्री नेपालले दिन प्रतिदिन आफ्नो सेवा तथा सञ्जाल फैलाउँदै गइरहेको छ। बिक्री मात्र होइन बिक्रीपश्चातको सेवा ग्राहकहरुले पाउनुपर्छ भन्ने एक्साइड ब्याट्रीको विश्वास रहेको कम्पनीले जनाएकाे छ।

सोही कारणले २००६ सालदेखि एक्साइड ब्याट्रीले ब्याट मोबाइल सर्भिस सञ्चालनमा ल्याएको थियो।

एक्साइड ब्याट मोबाइल सर्भिसको अन्तर्गत कसैको चारपांग्रे गाडी र दुइ पांग्रेको ब्याट्रीमा समस्या आएर ग्राहकले कम्पनीमा जानकारी गराएको खण्डमा कम्पनिको प्रतिनिधि ग्राहकको स्थानमा गएर निःशुल्क ब्याट्री जाँच गरिन्छ।

कम्पनीका अनुसार गाडी स्टार्ट नहुने तर तुरुन्त स्टार्ट गनुपर्ने, चलाउँदा चलाउँदै गाडी रोकिने, आवश्यक ठाउँमा गाडीको बत्ती नबल्ने जस्ता समस्या भएमा कम्पनीमा जानकारी आएको खण्डमा आएर निःशुल्क ब्याट्री जाँच गरिन्छ।

कम्पनीबाट गएका प्रतिनिधिले अत्याधुनिक प्रविधियुक्त मेसिनबाट ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई दिन्छन्।

काठमाडौँको रिङ्गरोडमा ब्याट्री स्टार्ट नभएर गाडीलाई अफरोड हुनु नपरोस् भन्ने लक्ष्यको साथ सुरु गरेको ब्याट मोबाइल सर्भिस गाडीमा ब्याट्रीको कारण आएको समस्या समाधान गर्ने कुरामा केन्द्रित थियो।

तर विस्तारै यो सर्भिस ग्राहकहरुलाई साह्रै सजिलो भइरहेको प्रतिक्रिया आउनथालेपछि यो सर्भिस रिङ्गरोडबाट हाल पूरा काठमाडौँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

छिट्टै देशका अरु ठाउँमा पनि सुचारु हुने सिप्रदीको भनाइ छ। सुरुवाती चरणमा मोबाइल भ्यानमार्फत सुरु भएको यो सेवा अहिले ग्राहकहरुलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि सेवा सञ्चालन भइरहेको छ।

हालसम्म ३१ हजार ६८५ भन्दा बढी एक्साइड ब्याट्री र ननं एक्साइड ब्याट्री ब्याट्रीका ग्राहकहरुले यसको फाइदा उठाइसकेका छन्।

आइतबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिबार लगायत सार्वजनिक विदाहरुको दिनमा बिहान ९ः३० बजेदेखि साँझ ५ः३० सम्म सञ्चालन हुने एक्साइड ब्याट मोबाइल सर्भिस, कसैको गाडी स्टार्ट भएन भने हाम्रो टोल फ्री नम्बर १६६००१५५७७७ र हट लाइन नम्बर ४२४४४७५ मा फोन गरेर यो सेवाको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ४ : ४४ बजे

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय