एमाले नेता नेपालले नै मागे अध्यक्ष ओलीसँग जवाफ (पूर्णपाठसहित) « Khabarhub

एमाले नेता नेपालले नै मागे अध्यक्ष ओलीसँग जवाफ (पूर्णपाठसहित)


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उल्टै प्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई १३ प्रतिप्रश्न गर्दै पत्र लेखेका हुन् ।

पार्टी कार्यालयका सचिव ईश्‍वरी रिजालले पत्र आएको जानकारी दिए । पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने खालको रहेको बताएका छन् ।

पत्रमा नेपालले ओलीलाई प्रचण्डको मतियार भएको प्रति आरोप लगाएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन,’ उनले भने ।

केन्द्रीय कमिटी बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न नेपालले ओलीलाई पत्रमा गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप नेपालको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको आरोप पनि नेपालले लगाएका छन् ।

पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो,’ नेपालले ओलीलाई पत्रमा प्रश्न गरेका छन् ।

फागुन २८ गतेको निर्णय बदर गर्न किन चाहनु भएन भन्‍ने प्रश्‍न पनि नेपालले गरेका छन् ।

पार्टीको विधान र प्रक्रिया विपरित नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधान संशोधन गर्नेजस्ता निर्णय गरिएको भनि सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम गरेको नेपालको प्रश्‍न छ ।

फागुन ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले ४ नेतालाई स्पष्टीकरण सोधेका थिए ।

यस्तो छ नेता नेपालले ओलीलाई पठाएको पत्र (पूर्ण पाठ)

 

यसैबीच, नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै स्पष्टिकरण पठाएका छन् ।

पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् ।

रावलको स्पष्टीकरण : ओलीमाथि उल्टै १८ करोड हिनामिना गर्न खोजेको आरोप

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : ०२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित