पूर्वाधार निर्माणमा जोड दिन मुख्यमन्त्री राउतको निर्देशन « Khabarhub

पूर्वाधार निर्माणमा जोड दिन मुख्यमन्त्री राउतको निर्देशन


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका लागि तालीम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिएका छन् ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्वतयारी बैठकमा मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने स्पष्ट पारे ।

प्रदेश सरकारले जनमैत्री शासन खोजेको उल्लेख गर्दै उनले सो शासनका लागि कार्यालयको व्यवस्थापनका साथै भौतिक पूर्वाधारको निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले मुजेलियास्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकास गर्न अविलम्ब गुरुयोजना बनाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।

प्रदेशका प्रमुख सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले सरकारको प्राथमिकता प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममा समेटनुपर्ने विषयमा जोड दिए ।

कार्यक्रममा प्रदेश सरकारका सचिव र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का साझेदार संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ८ : ०० बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया