आक्रमणकारीले गोली चलाउँदा पाकिस्तानमा पाँच जना मारिए « Khabarhub

आक्रमणकारीले गोली चलाउँदा पाकिस्तानमा पाँच जना मारिए


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तान क्षेत्रमा बिहीबार एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।

गिलगितका वरिष्ठ प्रहरी अधीकृत मिर्जा हसनले सञ्चारमाध्यमलाई बताए अनुसार अज्ञात बन्दुकधारी एक समूहले नल्टार क्षेत्रस्थित पुल नजिकै यात्रु भ्यानमा गोली हानेको थियो । हमला भएको गाडीमा महिला र केटाकेटीहरू यात्रा गरिरहेका थिए ।

रिपोर्ट अनुसार यात्रुवाहक गाडी गिलगितबाट नल्टारबाला जाँदै थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ ।

उक्त क्षेत्रमा थप प्रहरी टोली पठाइएको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी गरिरहेको छ । प्रहरीले आक्रमण कसले र किन गरेको भन्नेबारेमा पनि अनुसन्धान गरिरहेको बताएको छ ।

आक्रमणको कुनै समूह वा व्यक्तिले अहिलेसम्म जिम्मेवारी लिएको छैन । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ४५ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १