विद्यार्थी आदान-प्रदान गर्ने विषयमा ओमान सकारात्मक « Khabarhub

विद्यार्थी आदान-प्रदान गर्ने विषयमा ओमान सकारात्मक


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिसँगको भेटमा दुई देशका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

उक्त विषयमा ओमान सकारात्मक रहेको दूतावासले जनाएको छ ।

पहिलो चरणमा कृषि र पर्यटन क्षेत्रका विद्यार्थीहरू आदान-प्रदान गर्ने गरी छलफल भएको दूतावासले जनाएको छ । यसैगरी अनुसन्धान तथा प्राज्ञिक विषयहरूमा समेत थप सहकार्यका लागि यस किसिमको बैठकहरू नियमित गर्ने जनाइएको छ ।

भेटघाटमा राजदूत ढकालले राजपरिवार सदस्य डा. फहादलाई कार्यकालको सफलताको लागि शुभकामना दिएको दूतावासले जनाएको छ ।

बैठकमा सुल्तान काबुस विश्वविद्यालयकी अन्तराष्ट्रिय सहयोग सम्बन्धी सहायक उपकुलपति ओमानी राजपरिवारको सदस्य मोना फहाद अल साइदि, अन्तराष्ट्रिय सहयोग कार्यालयकी उप निर्देशक फात्मा अल खुजैरी तथा नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ०० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार