विद्यार्थी आदान-प्रदान गर्ने विषयमा ओमान सकारात्मक « Khabarhub

विद्यार्थी आदान-प्रदान गर्ने विषयमा ओमान सकारात्मक


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिसँगको भेटमा दुई देशका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

उक्त विषयमा ओमान सकारात्मक रहेको दूतावासले जनाएको छ ।

पहिलो चरणमा कृषि र पर्यटन क्षेत्रका विद्यार्थीहरू आदान-प्रदान गर्ने गरी छलफल भएको दूतावासले जनाएको छ । यसैगरी अनुसन्धान तथा प्राज्ञिक विषयहरूमा समेत थप सहकार्यका लागि यस किसिमको बैठकहरू नियमित गर्ने जनाइएको छ ।

भेटघाटमा राजदूत ढकालले राजपरिवार सदस्य डा. फहादलाई कार्यकालको सफलताको लागि शुभकामना दिएको दूतावासले जनाएको छ ।

बैठकमा सुल्तान काबुस विश्वविद्यालयकी अन्तराष्ट्रिय सहयोग सम्बन्धी सहायक उपकुलपति ओमानी राजपरिवारको सदस्य मोना फहाद अल साइदि, अन्तराष्ट्रिय सहयोग कार्यालयकी उप निर्देशक फात्मा अल खुजैरी तथा नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ९ : ०० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको