सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट | Khabarhub Khabarhub

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्लाको सुरुङ्गा नगरपालिका–३ भूसिमहुलियामा आज भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन् ।

स्थानीय विन्दुलाल साह, जिलेविया पाल र रामपृत पालको तीन घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीले दुई बाख्राको पाठो जलेर मर्नुका साथै सुन, चाँदी, नगद, धान, चामल, लत्ताकपडा जलेर नष्ट हुँदा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, ईलाका प्रहरी कार्यालय कडरबोना, प्रहरी चौकी लक्ष्मीपुरबाट पुगेको प्रहरी टोली र स्थानीयवासीले बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ४९ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।