सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट « Khabarhub

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्लाको सुरुङ्गा नगरपालिका–३ भूसिमहुलियामा आज भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन् ।

स्थानीय विन्दुलाल साह, जिलेविया पाल र रामपृत पालको तीन घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीले दुई बाख्राको पाठो जलेर मर्नुका साथै सुन, चाँदी, नगद, धान, चामल, लत्ताकपडा जलेर नष्ट हुँदा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, ईलाका प्रहरी कार्यालय कडरबोना, प्रहरी चौकी लक्ष्मीपुरबाट पुगेको प्रहरी टोली र स्थानीयवासीले बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ४९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी